
काठमाडौं, फागुन १० । नेकपा दाहाल पक्षले ६८ जिल्ला कमिटीको नेतृत्वको टुंगो लगाएको छ ।
अध्यक्ष र सचिवको मनोनयन सकाए पनि जिल्ला इन्चार्ज र सह–इन्चार्ज भने छान्न बाँकी छ ।
बाँकी जिल्लाको पनि नेतृत्व चाँडै टुङ्याइने उक्त पार्टीले जनाएको छ । तत्कालीन नेकपामा ७७ वटा भूगोलका जिल्ला कमिटीबाहेक महानगर कमिटी र थप विशेष जिल्ला कमिटी गरी ८३ वटा जिल्लासरहका कमिटी थिए ।
५०–५० प्रतिशतले संगठनलाई पूर्णता दिने अध्यक्ष माधव नेपाल नेतृत्वको कार्यदल प्रतिवेदन अनुसार ६८ जिल्ला कमिटीको नेतृत्वले पूर्णता पाएको हो ।
यस समूहले जिल्लामा इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिव रहेको पदाधिकारीको प्रस्ताव गरेको छ । जसअनुसार एउटा पक्षले अध्यक्ष लिएको जिल्लामा अर्को पक्षले सचिव पाएको छ ।
यी हुन् जिम्मेवारी पाउनेहरु,
प्रतिक्रिया दिनुहोस्