
काठमाडौं, फागुन १० । नेपालको पहिलो फ्रेन्चाईज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिता बैशाख ११ गतेबाट सुरु हुने भएको छ ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट र अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा लिग शुरु हुने जानकारी गराइएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता बैशाख २५ गतेसम्म संचालन हुनेछ ।
राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगितामा कुल १९ खेल हुने छन् ।
टिममा विदेशी खेलाडी राख्न पाइनेछ । खेलाडीको छनोट अक्सनबाट हुनेछ ।
अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नु पर्नेछ ।
टिम र टिम मालिकको नाम भने यसै महिनाभित्र सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्