
काठमाडौं, फागुन १० । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले प्रतिगमनलाई सांकेतिक रुपमा जुत्ता हान्ने कार्यक्रम गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै त्यसको विरोधमा अनेरास्ववियूले विभिन्न कार्यक्रम गर्दै आएको छ ।
यूनियनले सोमबार नारायणहिटी दरबार सङ्ग्रहालय अगाडी प्रतिगमनको प्रतिमा बनाई जुत्ता हान्ने कार्यक्रम गरेको हो ।
अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले प्रतिगमन गर्ने सबै मान्छेहरु जनताले लगाइराखेका जुत्ता हान्न लायक छन् भनि साङ्केतिक रुपमा जुत्ता हान्ने कार्यक्रम गरेको बताउनुभयो ।
सह–संयोजक तामाङले प्रतिगमन कुनै मूल्यमा पनि नस्वीकार्ने बताउनुभयो ।
संविधानको पालना, कानूनको पालना र जनमतको सम्मान गर्न प्रतिगमनका मतियारले आफ्नो पदबाट राजीनामा दिनुपर्ने उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्