२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


अमेरिकामा कोरोनाबाट करिब ५ लाखको मृत्यु, ६ करोड १० लाख जनाले लगाए खोप


0
Shares

काठमाडौं, फागुन १० । अमेरिका कोरोना महामारी शुरु भएदेखि यता करिब ५ लाख व्यक्तिको मृत्यु भएको छ ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना भाइरसबाट ४ लाख ९८ हजार जनाको मृत्यु भएको हो ।

अमेरिकामा कोरोना भाइरसका कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

सयौं वर्षयता इन्फ्लुएन्जाको महामारीपछि यति धेरै अमेरिकीको पहिलो पटक मृत्यु भएको राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फौसीले बताउनुभयो ।

अमेरिकामा सन् २०२० फेब्रुअरीमा कोरोनाबाट पहिलो व्यक्तिको मृत्यु भएको थियो ।

त्यसको एक वर्षपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ५ लाख पुगेको छ ।

हाल अमेरिकामा ६ करोड १० लाख जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

त्यसैगरी एक करोड ८० लाख व्यक्तिले खोपको पूरै मात्रा लगाएको अमेरिकी औषधि विभागले जनाएको छ । (एजेन्सी)