१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पर्सा राष्ट्रिय निकुञ्ज भित्रको हलखोरीया दहको काम शुरु


0
Shares

बारा, फागुन १० । पर्सा राष्ट्रिय निकुञ्जको ऐतिहासिक हलखोरीया दहको सौन्दर्य बढाउने काम शुरु गरिएको छ ।

पर्यटन प्रवद्र्धनमा जोड पुग्ने भन्दै निकुञ्जले १६ हेक्टर क्षेत्रफलमा फैलिएको तालको जलकुम्भी झार तथा अनावश्यक विरुवा निकालेर सौन्दर्य बढाउन लागेको हो ।

यो ताल जाडो छल्न साईबेरियाबाट आउने सारसदेखि निकुञ्जकै सयौ प्रजातिका चराचुरुङ्गीको क्रिडास्थलको रुपमा रहेको छ ।

यहा साना डुंगा सयरलगायत पर्यटक आकर्षित गर्ने विभिन्न कामहरु शुरु गरेको निकुञ्जले जनाएको छ ।

ताल आसपासबाट गैडा, बाघलगायतका वन्यजन्तु देखिने भएकाले पनि पर्यटन प्रवद्र्धनका लागि निकुञ्जले यसअघि मचान बनाइ सकेको छ ।

राजमार्गबाट नजिक रहेको यो तालमा गोही छाड्ने योजना समेत रहेको निकुञ्जका सुचना अधिकृत रमेश कुमार यादवले बताउनुभयो ।