
काठमाडौं, फागुन १० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिमा दाबी भुक्तानी प्रमाणिकरणका क्रममा कतिपयमा संक्रमण पुष्टि भएको विवरण नभेटिएको र परीक्षणको मिति नमिलेको भन्दै सात दिनभित्र सही विवरण पठाउन निर्देशन दिएको छ ।
सोमबार सूचना जारी गर्दै मन्त्रालयले सात दिनभित्र परीक्षण गरिएको तर तोकिए अनुसार विवरण छुट भएका विवरण तोकिएको ढाँचामा अलग्गै सफ्टकपी अनिवार्य रुपमा पठाउन निर्देशन दिएको हो ।
तोकिए बमोजिमको विवरण उपलब्ध नभएमा कोरोना बिमा दाबी प्रमाणीकरण लागि अयोग्य ठहरिने मन्त्रालयले स्पष्ट पारेको छ ।
नियमित रुपमा तोकिएअनुसार रिर्पोटिङ नगरिएको पाइएमा प्रयोगशालाहरुको सम्बन्धन खारेज गरी कारबाही गरिने समेत मन्त्रालयले चेतावानी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्