१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्यानमारमा सैन्य ‘कू’ को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शन


0
Shares

काठमाडौं, फागुन १० । म्यानमारमा सैन्य कू को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शनमा हजारौं मानिस सहभागी भएका छन् ।

सोमबार आह्वान गरिएको आमहड्तालपछि व्यवसाय बन्द गरि श्रमिकहरु पनि सडकमा उत्रिएका छन् ।

जारी प्रदर्शनका क्रममा शनिवार मात्र प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको थियो ।

त्यसपछि आन्दोलनलाई सशक्त बनाउन आमहड्तालको आह्वान गरिएको हो ।

सरकारी र निजी क्षेत्रका केही कर्मचारीले काम छोडेर यसअघि नै नागरिक अवज्ञा थालिसकेका छन् ।

प्रदर्शनकारीहरुलाई तितरवितर पार्न प्रहरीले राजधानी नाइ पे तावमा पानीको पोहोरा हानेको छ ।

सेनाले भने प्रदर्शनमा उत्रिए जे पनि हुन सक्ने भन्दै सडकमा नउत्रन चेतावनी दिएको थियो ।

म्यानमारमा गत फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि लगातार विरोध प्रदर्शनहरु भैरहेका छन् ।

प्रदर्शनकारीहरुले आङ साङ सूचीको जननिर्वाचित सरकारको पूनर्वहाली र सूचीलगायत पक्राउ परेका नेताहरुको रिहाइको माग गरेका छन् ।

सेनाले भने चुनावमा धांधली भएको आरोप लगाउंदै आएको छ ।(एजेन्सी)