८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नेप्से ३३ अंकले घट्यो


0
Shares

काठमाडौं, फागुन १० । पछिल्ला दिन बुलिस ट्रेण्डमा रहँदै आएको शेयर बजारमा सोमबाार सामान्य करेक्सन आयो ।

उतार चढावबीच बजार परिसूचक नेप्से ३३ अंक बराबरले ओरालो लागेर २६ सय ७ मा आएर थामियो ।

बजार खुलेसँगै उकालो लागेर २६ सय ७३ विन्दुसम्म पुगेको नेप्से केही मिनेटमै ओरालो लाग्न थालेको हो ।

कारोबार रकम भने उच्च नै साढें ८ अर्ब हाराहारी नै पुगेको छ ।

यस दिन जलविद्य्ुत र अन्य उपसमुह मात्र नगन्य अंकले हरियो रहे बाहेक अरु सबै समूह रातो रहे ।

यसदिन सबैभन्दा उच्च जीवन बिमा समुह ३ सय ५१ अंकले ओरालो लाग्यो भने निर्जिवन बिमा समुहमा पनि १ सय ८ अंकको गिरावट आयो ।

यस्तै व्यापार समूह ९२ अंक, विकास बैक ६४ अंक अनि उत्पादनमूलक र लघुवित्त समुह पनि ५६÷५६ अंकले ओरालो लागे ।

अरु समूह पनि दाहोरो अंकदे झरे ।

यस दिन ३१ कम्पनीको शेयर मुल्य बढ्दा १ सय ३९ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मुल्य स्थिर रहेको छ ।

आँखुखोला जलविद्य्त कम्प्नीका लगानीकर्ता र नेपाल इन्फ्रस्टक्चर बैंकका लगानीकर्ताले कमाउँदा सेन्चुरी कर्मर्सियल बैकका लगानीकर्ताले बढी गुमाएका छन् ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ७ कम्पनीको २ करोड १६ लाख बढी कित्ता शेयर ८ अर्ब ४० करोड बढीमा कारोवार भएको एक्सचेन्जले जनाएको छ ।