१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


जेठको दोस्रो साताभित्र एसईई परीक्षा सक्ने बोर्डको तयारी


0
Shares

काठमाडौं, फागुन १२ । कोरोनाका कारण शैक्षिक सत्र लम्बिएपछि राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा एसईई आगामी जेठ दोस्रो साताभित्रै सक्ने तयारी थालेको छ ।

शिक्षा नियमालीको नवौं संशोधनलाई सदर गर्दै मन्त्री परिषद्ले जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असार एक गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै बोर्डले एसईई जेठको दोस्रो साताभित्र सक्ने गरी तयारीमा जुटेको हो ।

सरकारले फागुन ३ गते राजपत्रमा सूचना जारी गरी शिक्षा ऐन जारी नभएसम्म एसईई सञ्चालनको अधिकार बोर्डलाई नै दिएको छ ।

परीक्षा संचालनको अधिकार प्राप्त गरेपछि बोर्डले यस वर्ष पनि केन्द्रगत रूपमा प्रश्न पत्र छपाइ गर्ने भएको छ ।

बोर्डमा आएको प्रारम्भिक रिपोर्टअनुसार यो वर्षको एसईईमा नियमित, ग्रेडवृद्धिसहित करिब ५ लाख विद्यार्थी एसईईमा संलग्न हुने छन् ।