१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


राष्ट्रपतिबाट पशुपतिमा जलहरी राख्न क्षमा पुजा


0
Shares

काठमाडौं, फागुन १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पशुपतिनाथ मन्दिरमा क्षमा पुजा गर्नुभएको छ ।

सुनको जलहरी राख्नु अघि राष्ट्रपति भण्डारीले क्षमा पुजा गर्नुभएको हो ।

गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गर्नुभएको थियो ।

पशुपतिनाथमा रहेको चाँदीको जलहरी जिर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

१ सय ८ किलोको सुनको जलहरी राख्नका लागि ८० करोड रुपैँया खर्च भएको कोषले जनाएको छ ।

सुनको जलहरी राख्नका लागि विगत पाँचदिन अघिदेखि पशुपतिनाथमा विधिपूर्वक पुजाआजा भइरहेको थियो ।