
दाङ, फागुन १२ । जिल्ला प्रहरी कार्यालय दाङले बाघको छाला ओसार पसारमा संलग्न दुई जनालाई सार्वजनिक गरेको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले तुलसीपुर उपमहानगरपालिका– ४ गोठी खोलाबाट दुई जनालाई पक्राउ गरेको जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा सल्यान, वागचौर नगरपालिका– ९ का २९ वर्षीय सन्दीप डाँगी र सोही पालिका– १५ का ३७ वर्षीय ईन्द्रबहादुर थापा बिक रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले बाघको टाउकोदेखि पुच्छरसम्मको ४ फिट ५ ईन्चको छाला बरामद गरेको हो ।
यस्तै दुवै जना चढेको रा ४ प ८८४७ नम्बरको मोटरसाइकल र ३ थान मोबाइल पनि बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त छाला १० लाख रुपैयाँमा कारोबार भइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्