
काठमाडौं, फागुन १२ । कोभिडको प्रभाव कम हुँदै गएपछि आर्थिक क्रियाकलापमा वृद्धि भएको छ ।
योसँगै कर्जाको मागमा पनि वृद्धि हुँदा तरलतामा दबाब सिर्जना भएको नेपाल राष्ट्र बैकले जनाएको छ ।
गत आर्थिक वर्षमा भन्दा यस वर्षको ६ महिनाको अवधीमा १ खर्ब बढि कर्जा प्रवाह भएको छ ।
गत आर्थिक वर्षको पुुुस मसान्तसम्ममा २ खर्ब ४७ अर्ब कर्जा विस्तार भएकोमा यस वर्षको पुस मसान्तको अन्त्यसम्ममा ३ खर्ब ६६ अर्ब कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्याकं छ ।
यसै तथ्यांकलाई आधार मान्दा पनि चालु आर्थिक वर्षमा कर्जा प्रवाहमा वृद्धि भएको देखिन्छ ।
अहिलेकै अनुपातमा कर्र्जा प्रवाह हुँदा तरलता बढ्दै जाने देखिन्छ ।
पुस मसान्त सम्ममा राष्ट्र बैंकमा झण्डै २ खर्ब बढि रहेको अधिक तरलता माघ महिनाकोे अन्त्यसम्ममा कर्जा प्रवाहमा विस्तार हुँदा १ खर्ब बढि तरलता बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।
यो बिचमा राष्ट्र बैंकले ८३ अर्ब पुर्नकर्जा प्रवाह गरेको छ ।
माघ महिनामा वस्तु आयात बढ्दा पनि तरलतामा दबाब सिर्जना भएको छ ।
पुस मसान्तमा ६ खर्ब ६१ अर्ब २४ करोडको वस्तु आयात हुँदा माघ महिनामा २ खर्ब बढिको आयात भएको छ ।
माघ मसान्तसम्ममा ८ खर्ब ३ अर्ब ६४ करोडको वस्तु आयात भएको छ ।
वस्तु आयात बढ्दा रकम बाहिरिने हुनाले तरलतामा थप दबाब सिर्जना हुने र यसको असर ब्याजदरमा पर्न जान्छ ।
जसकारण ब्याजदर समेत उकालो लाग्न सक्ने बताउनुहुन्छ, नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट ।
यसअघी वाणिज्य बैंकहरुले कोभिडका कारण कर्जा प्रवाह हुन नसकेपछि आएपछि ब्याजदर घटाएका थिए ।
१२ प्रतिशत ब्याजदर रहेका बैंकहरुले पनि यस अवधीमा ब्याजदर घटाउँदै ९ प्रतिशत भन्दा तल झारेका थिए ।
प्रतिक्रिया दिनुहोस्