
पोखरा, फागुन १२ । सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना फैसलाको स्वागत गर्दै पोखरामा र्याली निकालिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै र्याली निकालेको हो ।
पृथ्वीचोकबाट शुरु भएको र्याली सभागृहचोक, न्यूरोड हुँदै चिप्लेढुंगास्थित मानव अधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तुलबहादुर गुरुङले सर्वोच्चको फैसलापछि प्रतिगामी कदम सच्चिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्