२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


नेपालमा १.४ प्रतिशत व्यक्तिले लगाए कोरोनाको खोप


0
Shares

काठमाडौं, फागुन १२ । सरकारले नेपालको जनसंख्याको १ दशमलव ४ प्रतिशत व्यक्तिलाई कोरोना भाइरस विरुद्धको खोप प्रदान गरेको दाबी गरेको छ ।

स्वास्थ्य मन्त्रालयले बुधबार गरेको प्रेस व्रिफिङ्मा खोप शाखाका प्रमुख डा. झलक गौतमले पहिलो चरणमा ४ लाख २९ हजार ७ सय ५ जनालाई खोप दिइएको जानकारी दिनुभयो ।

जसमा सबैभन्दा बढि स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा कार्यरत १ लाख ३७ हजार ८ सय ८६ जना कर्मचारी रहेका छन् ।

यस्तै ३२ हजार ८ सय ३८ महिला स्वयसेविका ,६ हजार ५ सय ५५ सरसफाईकर्मी, ४ हजार २ सय ६० शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई पनि खोप लगाइएको छ ।

स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स चालक, वृद्ध आश्रममा रहेका व्यक्तिहरु, कैदिवन्दि , पत्रकार, कूटनीतिक कर्मचारी, जिल्ला अदालतका कर्मचारी वैंकका कर्मचारी , सशस्त्र प्रहरी , जनपथ प्रहरीलाई लाई पहिलो चरणमा खोप लगाएको जनाएको छ ।

यस्तै यही फागुन २३ गते देखि दोस्रोको खोप अभियान अन्र्तगत ५५ बर्ष उमेर माथिका सर्वसाधारण, प्राध्यापक, शिक्षक कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालकलाई खोप लगाउने निर्णय गरेको छ ।

यस्तै पहिलो डोज खोप लगाउदा एलर्जी भएका व्यक्तिलाई दोस्रो डोज खोप नदिइने पनि मन्त्रालयले जनाएको छ ।

दोस्रो डोज खोप बैसाख ७ देखि १५ गते भित्रमा सबैलाई दिईसक्ने र त्यसपछि दोस्रो खोप अभियानमा सामेल भएकाहरुलाई दोस्रो डोज दिने गरी तयारी भएको खोप शाखा प्रमुख डा. गौतमले जानकारी दिनुभयो ।