८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कांग्रेसलाई हराए पनि अहिले कांग्रेस नै चाहियो : देउवा


0
Shares

काठमाडौं, फागुन १२ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिदा राम्रो हुने बताउनुभएको छ ।

महेन्द्र नारायण निधिको ९९ औँ जन्म जयन्तीको अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री ओलीले संसदमा बहुमत पुर्‍याउन नसके प्रधानमन्त्री पद छाड्दा राम्रो हुने बताउनुभएको हो ।

तर ओलीको पार्टीको कुरा भएकाले आफूहरुले दवाव नदिने उहाँको भनाइ थियो ।

देउवाले कांग्रेसले केही गर्दैन भनेर जनताले भोट नदिएर हराए पनि अहिले कांग्रेस नै चाहिएको बताउनुभयो ।

कसैले, कुनैपनि बाहानामा प्रजातन्त्र र लोकतन्त्रलाई हरण गर्न नसक्ने उहाँको विश्वास थियो ।