
काठमाडौं, फागुन १२ । नेकपाको दाहाल नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्ताव तत्काल फिर्ता नलिने भएको छ ।
दाहाल नेपाल समूहको संसदीय दलको बुधबार बसेको अनौपचारिक बैठकले प्रधानमन्त्रीविरुद्धको अश्विासको प्रस्ताव फिर्ता नलिने निर्णय गरेको हो ।
बैठकपछि दाहाल-नेपाल समूहका नेता तथा प्रमुख सचेतक देव गुरुङले संसद शुरु भएपछि दलहरुकाबीचमा आपसी समझदारीका आधारमा अविश्वास प्रस्ताव माथिको प्रक्रिया अगाडी बढ्ने बताउनुभयो ।
यसैबीच अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले आफ्नो समूहका सांसदहरुलाई काठमाडौं नछाड्न निर्देशन दिनुभएको छ ।
उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्