१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘बी’ डिभिजन लिगमा बाँसबारीद्वारा टुसाल युथ क्लब पराजित


0
Shares

काठमाडौं, फागुन १२ । सहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा बाँसबारी क्लबले सहज जित निकालेको छ ।

बुधबार भएको खेलमा बाँसबारीले टुसाल युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बाँसबारीलाई जित दिलाउन भीष्मराज घिमिरेले दुई गोल गरे । अनिल गुरुङको नाममा एक गोल रह्यो । टुसालका सुनिल धामीले एक गोल फर्काए ।

जितसँगै बाँसबारीले ६ खेलमा १४ अंक जोडेको छ । बाँसबारी लिगको तेस्रो स्थानमा उक्लिएको छ । टुसालले ६ खेलमा ८ अंक जोडेको छ । टुसाल लिगको छैटौं स्थानमा रहेको छ ।