१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्यानमारमा सैनिकलाई फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न प्रतिबन्ध


0
Shares

काठमाडौं, फागुन १३ । फेसबुकले सैन्य कू मार्फत् सत्ता हत्याएको म्यानमार सैनिकलाई अनिश्चितकालका लागि फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

सैन्य कू विरूद्ध आन्दोलन भइरहेका बेला फेसबुकले बिहीबार म्यानमारको सेनालाई फेब्रअरी १ मा भएको कू र त्यसपछिका हिंसात्मक घटनाका कारण देखाउदै सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न प्रतिबन्ध लगाउनु परेको जनाएकोछ ।

म्यानमारको सेनालाई फेसबुक र इन्स्टाग्राम चलाइरहन दिनु निकै खतरापूर्ण रहेको फेसबुकले बताएको छ ।

यसअघि फेसबुकले सरकारी टेलिभिजनको पेज बै बन्द गरिदिएको थियो ।

म्यानमारमा सेनाले सत्ता लिएपछि भएका प्रदर्शनमा अहिलेसम्म तीन जनाको मृत्यु भैइसकेको छ भने सैन्य कु को चौतफी विरोध भैरहेकेको छ । (एजेन्सी)