२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


काठमाडौंमा सेफ सन्तोषलाई भव्य स्वागत


0
Shares

काठमाडौं, फागुन १३ । यूके मास्टरसेफ प्रोफेसनलका फाइनलिस्ट सन्तोष साह काठमाडौं आइपुग्नु भएको छ ।

साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नका लागि नेपाल पर्यटन बोर्ड, द ग्लोबल एकाडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन र भ्वाइस अफ सेफका सदस्यहरुले स्वागत गरेका थिए ।

साह प्यासिफिक एसिया ट्राभल एशोसिएशनको कार्यक्रममा मुख्य वक्ताका रुपमा सहभागी हुन आउनुभएको हो ।

उहाँलाई सो कार्यक्रममा पाटा पर्सनालिटी अफ द इयरले पनि सम्मानित गरिनेछ ।

साहको नेपाल बसाई दुई महिना हुने छ ।