१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संविधानले सबै नागरिकलाई समान रुपले सम्बोधन गरेन : उपेन्द्र यादव


0
Shares

इलाम, फागुन १३ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधानले सबै नागरिकलाई समान रुपले सम्बोधन नगरेको आरोप लगाउनुभएको छ ।

बिहीबार इलाममा जनता समाजवादी पार्टीले आयोजना गरेको जनसभामा बोल्दै यादववले यस्तो बताउनुभएको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकार संघीय प्रणाली समाप्त पार्ने षडयन्त्रमा लागे पनि सफल हुन नसकेको भन्दै उहाँले सयौं वर्षदेखि भइरहेको भेदभावलाई अन्त्य नगरे देशलाई सम्वृद्ध बनाउन नसकिने बताउनुभयो ।

कार्यक्रममा जसपाका वरिष्ठ नेता अशोक राई र केन्द्रीय कार्यकारिणी सदस्य सरदसिंह भण्डारीलगायतले सम्बोधन गर्नुभएको थियो ।