
भैरहवा, फागुन १३ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले वर्तमान राजनीतिक अस्थिरताको कारक केपी शर्मा ओली भएको बताउनु भएको छ ।
प्रतिनिधिसभा पुनःस्थापनाले संविधान थप बलियो बनाएको तर्क गर्दै महामन्त्री सिंहले प्रधानमन्त्री ओलीमा नैतिकता भए तत्काल राजीनामा दिनुपर्ने बताउनुभयो ।
प्रगतिशील पत्रकार संघ रुपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवै एमसीसी पारित गर्ने पक्षमा रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्