
राजन कुईंकेल
शेरबहादुर देउवा, नेपाली कांग्रेसका वर्तमान सभापति । २०७२ साल फागुनमा भएको महाधिवेशनबाट चार वर्षे अवधिका लागि सभापतिमा निर्वाचित । २०७६ फागुनमा विधानको साविक चार वर्षे कार्यकाल कटाएपछि महाधिवेशन नगराई पार्टी विधानले थप्न दिएको एक वर्षे कार्यकाल पनि २०७७ फागुनमा भुक्तान । संवैधानिक संकट देखाएर लम्ब्याउन मिल्ने ६ महिने अवधि जोडेर कार्यकाललाई वैधानिकता दिँदै ।
२०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनर्स्थापना गरिएपछि चौंथा तर, नेपाली कांग्रेसमा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालापछि प्रधानमन्त्री बन्ने तेस्रा व्यक्ति । मातृका, वीपी, केपी, जिपीपछि पार्टीभित्र प्रधानमन्त्रीको अवसर पाउने पाँचौं व्यक्ति । २०५२ सालमा संसद पुनर्स्थापना भएपछि पहिलो पटक प्रधानमन्त्री हुँदा ४९ वर्ष । २२ वर्षको अन्तरालमा अरु तीन पटक प्रधानमन्त्री । २०५८, २०६१ र २०७४ मासमेत गरी अहिलेसम्म चार पटक मुलुकको प्रधानमन्त्रीमा नियुक्त । राजा राष्ट्रप्रमुख हुँदा तीन र राष्ट्रपति राष्ट्रप्रमुख हुँदा एक पटक देशको बागडोर सम्हाल्ने अवसर । राजा वीरेन्द्रबाट एक, राजा ज्ञानेन्द्रबाट दुई र राष्ट्रपति विद्या भण्डारीबाट एक पटक पदको शपथ । सात पटकसम्म प्रधानमन्त्री बन्ने ज्योतिषीको भविष्यवाणि रहेको दावी । नेकपाको विभाजनले पाँचौं पटक वर्तमान संसदबाटै फेरि प्रधानमन्त्री बन्ने प्रवल सम्भावना ।
२००३ जेठमा सुदूरपश्चिमको डडेलधुरामा जन्मिएर नेविसंघ हुँदै कांग्रेसको पार्टी राजनीतिमा प्रवेश । २०२१ मा काठमाडौंको त्रिचन्द्र कलेजबाट अध्ययन थाल्दै विसं २०२८ सालमा नेविसंघको अध्यक्षमा चयन । २०४६ मा देशमा कांग्रेसले बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनाका लागि आन्दोलन गरिरहँदा लन्डन स्कूल अफ इकोनोमिक्समा अध्ययनरत । मुलुकमा प्रजातन्त्र घोषणा गरिएसँगै २०४७ सालमा स्वदेश फिर्ता । २०४८ सालको निर्वाचनमा डडेलधुराबाट प्रतिनिधि सभामा निर्वाचित हुँदै गिरिजाप्रसाद कोइरालाको पहिलो प्रधानमन्त्रित्वकालमा गृह मन्त्रालयको जिम्मेवारी । २०४८ सालयता भएका सबै निर्वाचनमा डडेलधुराबाट विजयी भई संसदमा प्रतिनिधित्व ।
यहीँनेर कांग्रेसका अघिल्तिर यक्ष प्रश्नहरु तेर्सिएका छन्, तीन वर्षअघि लज्जास्पद हार ब्यहोरेर पनि सत्ताको अवसर पाउनेबित्तिकै फुर्लुक्क उफ्रिएर कुर्सीमा चढिहाल्ने ? राजनीतिमा नैतिक बन्धन भन्ने हुन्छ कि हुन्न ? चार वर्षभित्र सम्पन्न गर्नुपर्ने पार्टी महाधिवेशन साँढे पाँच वर्ष कटेर दल नै अवैधानिक बन्ने मुखमा पुग्दा चासो नदेखाउने तर पद पाउँदाचाहिँ सबै लज्जा त्यजेर बुर्लुक्क दौडिहाल्ने ? कम्युनिष्ट नेतृत्वको सरकारले एकपछि अर्को गर्दै नागरिक अधिकार कटौति गर्नेसम्मका हर्कत गर्दा प्रजातन्त्रको पहरेदारका रुपमा सशक्त प्रतिरोध नगर्ने तर सत्ता पाउँदा बुर्कुसी ठोकिहाल्ने ? असंवैधानिक रुपमा गरिएको प्रतिनिधि सभा विघटनलाई अवैधानिकको संज्ञा दिने तर हत्या गरिएको संसदको पुनर्स्थापनाका लागि पार्टीको मागसम्म बनाउन नसक्नेहरुले संसदले पुनर्जीवन पाएपछि भने प्रधानमन्त्री खाने लीगलीगकोट दौडाहा सामेल हुने ? यसको जवाफ नखोज्दै कांग्रेस सत्ताको भर्याङ उक्लने ? सिंगो कांग्रेस पार्टीका अघिल्तिर तेर्सिएका प्रश्न हुन् यी ।
२०४८ सालमा गृहमन्त्री रहँदा विपक्षी एमालेले समर्थन गरेको कर्मचारी आन्दोलनलाई नियन्त्रण । २०५२ सालमा प्रधानमन्त्री हुँदा बाबुराम भट्टराई नेतृत्वको तात्कालीन जनमोर्चा नेपालले बुझाएको मागहरु सम्बोधन नगरेको आरोप । त्यही बिन्दूबाट माओवादीले सशस्त्र आन्दोलन थालेको भनाइ । समयक्रममा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा २०५७ मा माओवादी समस्या समाधान आयोगको संयोजक ।
२०५८ मा पार्टी संसदीय दलको नेताहुँदै दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त तर देशमा संकटकाल लगाउने विषयमा पार्टी नेतृत्वसँग मतभेद हुँदा २०५९ सालमा पार्टी विभाजन गरी नेपाली कांग्रेस प्रजातान्त्रिक गठन । २०५९ असोज १८ मा राजा ज्ञानेन्द्रबाट ‘असक्षम’ को आरोपमा पदबाट बर्खास्त् । २०६१ मा उनैबाट पदमा पुनर्बहाली । तर सोही वर्षको माघ १९ मा ‘शाही कू’ मार्फत् फेरि अपदस्थ । २०६२÷०६३ को जनआन्दोलनको सफलतापछि २०६४ सालमा नेपाली कांग्रेससँग पार्टी एकीकरण । आफूले सरकारको नेतृत्व गर्दा पिछडिएका वर्ग र समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन नीतिगत सुधार प्रयासको थालनी ।
२०७२ सालमा सम्पन्न तेह्रौँ महाधिवेशनबाट पार्टी राजनीतिमा संलग्नताको पाँच दशकपछि ७० वर्षको उमेरमा कार्यवाहक सभापति रामचन्द्र पौडेललाई हराउँदै कांग्रेसको सभापतिमा विजयी । २०७४ सालमा चौंथो पटक प्रधानमन्त्री बन्दै स्थानीयदेखि संघीय तहसम्मको निर्वाचन गराउने भूमिका । दूर्भाग्य आफैंले गराएको निर्वाचनमा आफ्नै नेतृत्वको पार्टी इतिहासमै सबैभन्दा कमजोर शक्ति (प्रत्यक्ष–२३, समानुपातिक–४०) सहित संसदमा उपस्थित । स्थानीयदेखि प्रदेशसम्मको निर्वाचनमा न्यून उपस्थिति ।
कसैगरी सरकारमै जाने भयो भने पनि कांग्रेस पार्टीभित्रचाहिं प्रधानमन्त्रीका लागि के देउवा नै निर्विकल्प हुन् त ? उनलाई अब भयो, हामी यी यी कारण नेतृत्व गर्छौं र फरक नतीजा दिन्छौं भन्ने साहस भएका कोही कांग्रेसी सांसद पनि छन् कि ? चार/चार पटक प्रधानमन्त्री बनिसकेका देउवाको नेतृत्व क्षमताको परख गर्न अझै बाँकी छ र ? पछिल्लो पटक स्वयं उनकै नेतृत्वमा सम्पन्न निर्वाचनमा कांग्रेसको हविगत के भयो भन्ने दृष्टान्त कांग्रेसीहरुले बिर्सिसके ? प्रजातन्त्रलाई आफ्नो थेगो र आफूलाई प्रजातन्त्रवादी दावी गर्नेहरुले एउटा व्यक्तिको विकल्पसम्म पनि दिन सक्दैनन् त ?
समयले एक पटक फेरि प्रधानमन्त्रीको ताज पहिर्याउने प्रवल सम्भावना । तीन वर्षअघि सम्पन्न निर्वाचनबाट झण्डै दुई तिहाई शक्ति लिएर प्रतिनिधिसभामा पुगेको नेकपा (तत्कालीन एमाले–१२१ र माओवादी केन्द्र–५३) का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीचको कुर्सी झगडाका कारण संसद विघटन गर्नेसम्मको अवस्था सृजना भयो । तर प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले असंवैधानिक करार गरिदिएकाले यतिबेला नेकपाको दुई पक्षका नेता देउवासमक्ष किस्तीमा प्रधानमन्त्री पद लिएर प्रदक्षिणा गरिरहेका छन् ।
यहीँनेर कांग्रेसका अघिल्तिर यक्ष प्रश्नहरु तेर्सिएका छन्, तीन वर्षअघि लज्जास्पद हार ब्यहोरेर पनि सत्ताको अवसर पाउनेबित्तिकै फुर्लुक्क उफ्रिएर कुर्सीमा चढिहाल्ने ? राजनीतिमा नैतिक बन्धन भन्ने हुन्छ कि हुन्न ? चार वर्षभित्र सम्पन्न गर्नुपर्ने पार्टी महाधिवेशन साँढे पाँच वर्ष कटेर दल नै अवैधानिक बन्ने मुखमा पुग्दा चासो नदेखाउने तर पद पाउँदाचाहिँ सबै लज्जा त्यजेर बुर्लुक्क दौडिहाल्ने ? कम्युनिष्ट नेतृत्वको सरकारले एकपछि अर्को गर्दै नागरिक अधिकार कटौति गर्नेसम्मका हर्कत गर्दा प्रजातन्त्रको पहरेदारका रुपमा सशक्त प्रतिरोध नगर्ने तर सत्ता पाउँदा बुर्कुसी ठोकिहाल्ने ? असंवैधानिक रुपमा गरिएको प्रतिनिधि सभा विघटनलाई अवैधानिकको संज्ञा दिने तर हत्या गरिएको संसदको पुनर्स्थापनाका लागि पार्टीको मागसम्म बनाउन नसक्नेहरुले संसदले पुनर्जीवन पाएपछि भने प्रधानमन्त्री खाने लीगलीगकोट दौडाहा सामेल हुने ? यसको जवाफ नखोज्दै कांग्रेस सत्ताको भर्याङ उक्लने ? सिंगो कांग्रेस पार्टीका अघिल्तिर तेर्सिएका प्रश्न हुन् यी ।
यदि, कसैगरी सरकारमै जाने भयो भने पनि कांग्रेस पार्टीभित्रचाहिं प्रधानमन्त्रीका लागि के देउवा नै निर्विकल्प हुन् त ? उनलाई अब भयो, हामी यी यी कारण नेतृत्व गर्छौं र फरक नतीजा दिन्छौं भन्ने साहस भएका कोही कांग्रेसी सांसद पनि छन् कि ? चार/चार पटक प्रधानमन्त्री बनिसकेका देउवाको नेतृत्व क्षमताको परख गर्न अझै बाँकी छ र ? पछिल्लो पटक स्वयं उनकै नेतृत्वमा सम्पन्न निर्वाचनमा कांग्रेसको हविगत के भयो भन्ने दृष्टान्त कांग्रेसीहरुले बिर्सिसके ? प्रजातन्त्रलाई आफ्नो थेगो र आफूलाई प्रजातन्त्रवादी दावी गर्नेहरुले एउटा व्यक्तिको विकल्पसम्म पनि दिन सक्दैनन् त ?
प्रतिक्रिया दिनुहोस्