१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कमल पोखरीमा कंक्रिट ढलान


13
Shares

काठमाडौं, फागुन १३ । चौतर्फि विरोध र सर्वोच्च अदालतमा विचाराधिन मुद्दाका बावजुद पनि कंक्रिट कमल फुलाउन सिमसार कमल पोखरीको बीचमा ढलान गरिएको छ ।

सर्वोच्च अदालतमा विचाराधिन रहेको कमल पोखरीमा मुद्दाको वेवास्ता गर्दै रातारात पोखरीको बीचमा सिमेन्ट ढलान गरिएको हो ।

पोखरीमा लेउ नलागोस भनेर पानीको फोहराको लागि सिमेन्ट ढलान गरेको महानगरपालिकाले जनाएको छ ।

कंक्रिट कमल फूल बनाउने महानगरको योजनाको सम्पदाविद र अभियान्ताले विरोध गरेपछि महानगरले कमल पोखरीको बीचमा कंक्रिटको सता सेरामीकको कमल फूल राख्न लागेको बुझिएको छ ।

साथै पोखरीको सबै जैविक माटो समेत निकालेर फोहरासहितको पोखरी बनाउने तयारी भईरहेको जनाइएको छ ।

अदालतमा कमल पोखरीको मुद्धा विचाराधिन रहेको अवस्थामा समेत रातारात पोखरी संरचना निमार्ण गर्नुले सरकारको नैतिकता माथि समेत प्रश्न उठेको अभियन्ताहरुको भनाइ छ ।

अभियन्ताहरुको कमलपोखरीको काम तत्काल रोक्न सरोकारवालालाई अपिल समेत गरेको छ ।

स्थानीय क्लबका सदस्यहरुले भने पोखरीको पुननिमार्णमा विरोध गर्न आवश्यक नभएको र सौन्दयकरणले पोखरी राम्रै हुने बताउँदै आएका छन् ।