
काठमाडौं, फागुन १३ । साताको अन्तिम दिन बिहीबार शेयर बजार ४५ अंकले ओरालो लाग्यो ।
यसदिन कारोबार पनि खुम्चियो । यस दिन सबै समुह राताम्मे रहे ।
जीवन बिमा समुह सबैभन्दा उच्च १ सय ९९ अंकले ओरालो लाग्दा निर्जिवन बिमा समुह पनि १ सय ७६ अंकले झर्यो ।
उत्पादनमूलक समूहमा ७२ अंकको गिरावट आयो । व्यापार समूहमा ५५ अंकको कमी आयो ।
वाणिज्य बैंक, जलविद्युत, लघुवित्त, अन्य, होटल, वित्त समुह पनि दोहोरो अंकले ओर्लिए ।
यसदिन चन्दागिरी हिल्म लिमिटेडका शेयरधनीले सबैभन्दा बढि कमाउदा सनराईज फस्र्ट म्युचुअल फन्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाउन पुगे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय ६ कम्पनीको १ करोड ५८ लाख कित्ता शेयर ६ अर्ब ९ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्