१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


२ प्रतिशतले घट्यो विद्युत चुहावट


0
Shares

काठमाडौं, फागुन १३ । विद्युत चुहावट नियन्त्रणमा अपेक्षित सफलत हात नलागे पनि यो बर्ष केही सुधार भने आएको जनाइएको छ ।

गत वर्षको तुलनामा यो वर्ष विद्युत चुहावटमा २ प्रतिशत विन्दुले कमी आएको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेब शाक्यले बताउनुभएको हो ।

११ प्रतिशतमा झरिसकेको चुहावट अघिल्लो बर्ष १७ प्रतिशत पुगेको थियो ।

त्यसलाई यो बर्र्ष १५ प्रतिशतमा झारिएको उहाँको भनाइ छ ।

कोरोना त्रासका कारण प्राविधिकहरु अनुगमनमा निस्कन नसक्दा अपेक्षित रुपमा चुहावट नियन्त्रण गर्न नसकिएको उहाँको भनाइ छ ।

यो चुहावटलाई साउन सम्ममा शुन्यमा पहिलाकै स्तरमा झार्न सुढृढिकरणको काम भइरहेको शाक्यको दाबी छ ।

यो वर्ष ३३ केभी प्रशारण लाइन सञ्चालनमा आउने तयारीमा रहेकाले तुलनात्मक रुपमा यो वर्ष चुहावट नियन्त्रणमा सहज हुने उहाँको तर्क छ ।