
काठमाडौं, फागुन १३ । नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार केन्द्रित विशेष समितिले सञ्चालन गरेको राष्ट्रव्यापी गरिखाने अभियानको ‘रोड शो’ झापाको धुलाबारीमा सम्पन्न भएको छ ।
यस अभियानसँग जोडिनेहरूलाई उद्यमशील बनाउन विभिन्न व्यावसायिक संस्थाहरूले काम गरिरहेको जनाइएको छ ।
कोभिड महामारीबाट उत्पन्न संकटको परिवेशमा आम मानिसहरूको आयआर्जनका क्रियाकलापमा पर्ने असरलाई ध्यान दिदैं कांग्रेसले ख्यातिप्राप्त उद्योगपति एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको संयोजकत्वमा ‘लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समिति’ गठन गरेको थियो ।
समितिले अघि बढाएको गरिखाने अभियान अन्तर्गत नवउद्यमी, उद्यमलाई विस्तार गर्न चाहाने, नवीन सोच भएका, हातमा सीप भएकाहरूलाई उद्यमी बन्न आवश्यक सहयोग गर्दै आएको कंग्रेसले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्