१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मन्त्रिपरिषद् बैठक बस्दै, के आउँला, अध्यादेश कि अधिवेशनको मिति ?


0
Shares

cabinet meeting

काठमाडौं, फागुन १४ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । आज साँझ ५ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक डाकिएको हो ।

साँझ बस्ने बैठकले के निर्णय गर्ला भन्ने उत्सुकता छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेपछि बस्न लागेको बैठकबारे उत्सुकता भएको हो ।

बैठकको जानकारी पाएका एक मन्त्रीले आजको बैठकमा प्रतिनिधि सभा बैठक आह्वानका लागि राष्ट्रपति कार्यालयलाई सिफारिश पठाउनबारे निर्णय हुनसक्ने जानकारी दिए ।

सर्वाेच्च अदालतले मंगलबार ११ गते प्रधानमन्त्रीले गरेको संसद विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको थियो ।

योसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको पाँच सदस्यीय अदालतले १३ दिनभित्र प्रतिनिधि सभाको बैठक आह्वान गर्न निर्देशनात्मक आदेश दिएको थियो ।

अर्कातिर प्रधानमन्त्री ओलीले नेकपाको राजनीतिक भविष्य र आफ्नो दल निर्माणका लागि दल विभाजनसम्बन्धि अध्यादेशबारे पनि बैठकमा छलफल गराउन सक्नुहुने स्रोतले बताएको छ ।