१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पूर्वमन्त्री जोशीको स्वास्थ्य अवस्था स्थिर


0
Shares

काठमाडौं, फागुन १४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।

गएराति मस्तिष्कघात भइ वेहोस भएपछि उहाँलाई उपचारका लागि थापाथलिस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

जोशीको मस्तिष्कमा रगत जमेको पाइएपछि उहाँको टाउकोको शल्यक्रिया गरिएको छ ।

उहाँलाई अहिले आइसीयुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

उपचारमा संलग्न न्यूरोसर्जन डा. राजीव झाले उहाँको अवस्था स्थिर र गम्भीर रहेको जानकारी दिनुभयो ।

उहाँले मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेकाले शल्यक्रिया गरे पनि पूर्ण रुपमा निकाल्न नसकिएको जानकारी दिनुभयो ।

डा. झाले अहिले सानो शल्यक्रिया गरेर मस्तिष्कमा पर्ने चाप घटाउन ड्रेन गर्न पाइप राखिएको बताउनुभयो ।

यसैबीच, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरु नर्भिक अस्पताल पुगेर जोशीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।