१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


जी २० राष्ट्रहरुले कोभिडबाट सिर्जित समस्याका बारे छलफल गर्ने


0
Shares

काठमाडौं, फागुन १४ । विश्वका प्रमुख २० औद्योगिक राष्ट्रहरुले कमजोर मुलुकहरुलाई आर्थिक पुनरुत्थानमा सघाउन छलफल गर्ने भएका छन् ।

इटालीको मध्यस्थतामा शुक्रबार भिडियो कन्फरेन्समार्फत् कोभिडबाट सिर्जित विविध विषयमा छलफल हुन लागेको हो ।

कोभिड–१९ का कारण विश्व अर्थतन्त्रमा परेको असर तथा खोप अभावमा छटपटाइरहेका मुलुकलाई सहयोग गर्ने बारेमा बैठकमा छलफल हुने बताइएको छ ।

यसअघि हिजो अमेरिकी प्रशासनले धनी जी २० मुलुकसमक्ष विश्वासिलो, संगठनात्मक खोप अभियान प्रारम्भ गर्न आग्रह गरेको थियो ।

अमेरिकी अर्थमन्त्री जानेट येलेनले जी २० का अर्थ मन्त्रीहरुलाई खुला पत्र लेख्दै खोपको पहुँच बिना खासगरी न्यून आय भएका मुलुकहरुमा अझ बढी सर्वसाधारणको मृत्यु हुने र आर्थिक पुनरुत्थानमा पनि अझ ढिलाई हुने भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो ।(एजेन्सी)