४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


व्यवस्थित बन्दै बुर्तिबाङ


0
Shares

बागलुङ, फागुन १४ । केही वर्ष अघिसम्म अस्तव्यस्त बुर्तिबाङ बजार पछिल्लो समय केही व्यवस्थित बन्दै गएको छ ।

ढोरपाटन नगरपालिकाको केन्द्र तथा बागलुङको दोस्रो व्यापारिक केन्द्रका रुपमा विकास भइरहेको बुर्तिबाङ बजारमा नयाँ शहरी आयोजनाले तीव्र गतिमा काम गरिरहेको छ ।

सरकारले घोषणा गरेको मुलुकका १० वटा नमुना शहरमध्येमा परेको बुर्तिबाङ बजारमा पूर्वाधार निर्माणको कामले गति लिएको हो ।

यसै गरि ढोरपाटन नगरपालिकाले पनि आफ्नै हिसाबले योजना र काम गरिरहेको छ ।

ढोरपाटन नगरपालिका– २ कुत्थाप्लामा नयाँ शहर आयोजनाको कार्यालय स्थापना गरि विकासको कामलाई अगाडी बढाइएको छ ।

कार्यालयले बजार क्षेत्रलाई व्यवस्थित बनाउनुका साथै पूर्वाधार निर्माणलाई जोड दिएको छ ।

ढल व्यवस्थापन, सोलार बत्ती जडान, सडक ढलान लगायतका कामलाई आयोजनाले जोड दिएको हो ।

बुर्तिबाङ बजारको विकासको लागि चालु आर्थिक वर्षमा ८ करोड रुपैयाँ विनियोजन भएको आयोजनाका इन्जिनियर कोमल शाहले जानकारी दिनुभयो ।

अहिले बजार क्षेत्रका सडकमा ढलानको काम तीव्र गतिमा भइरहेको छ ।