२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पार्टी एकतामा बल पुग्ने गरी निर्णय लिन ओलीलाई गौतमको आग्रह


0
Shares

काठमाडौं, फागुन १४ । नेकपाको एकता अभियानमा लाग्नु भएका उपाध्यक्ष वामदेव गौतमले आफ्नो सक्रियता बढाउनुभएको छ ।

बिहीबार नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नुभएका गौतमले शुक्रबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर छलफल गर्नुभएको छ ।

भण्डै एक घण्टा भएको छलफलमा गौतमले प्रधानमन्त्री ओलीलाई पार्टी एकतालाई बल पुग्ने गरी निर्णय लिन आग्रह गर्नुभएको छ ।

नेकपा दुई समूहमा विभाजित हुँदा आफू तटस्थ रहेको बताउनुभएका गौतमले पार्टी एकताको विकल्प नभएको दोहोर्‍याउँदै आउनुभएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेलगत्तै गौतमले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको थियो ।

अध्यक्ष दाहालसँगको भेटमा गौतमले पार्टी एकतालाई बचाउन प्रधानमन्त्री ओलीको सम्मानजनक बर्हिगमनबारे सोच्न आग्रह गर्नुभएको थियो ।