
काठमाडौं, फागुन १४ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले शक्ति पृथकीकरणको सिद्धान्त मान्ने भएकाले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न तयार भएको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरु भन्दा ठूला जनता हुन भन्नुभएको छ ।
अनेरास्ववियुको भेलालाई शुक्रबार राजधानीमा सम्बोधन गर्ने क्रममा सर्वोच्च अदालतका न्यायाधीशहरुप्रति ईङ्गित गर्दै उहाँले भन्नुभयो– तिमी भन्दा धेरै शक्तिशाली न्यायाधीश जनता हुन् ।
तिम्रो फैसलाले यो मुलुक जुन दुर्भाग्यतिर जान लाग्दैछ, त्यही दुर्भाग्यतर्फ जानको लागि प्रेरित गरेको छ ।
उपप्रधानमन्त्री पोखरेलले सडकबाट कोही भुस्याह कुकुर झैं भुक्दैमा प्रधानमन्त्री ओलीले राजिनामा नदिने दोहोर्याउँदै हिम्मत भए संसदमा अविश्वास प्रस्ताव ल्याउन चुनौती दिनुभयो ।
लोकतान्त्रिक विधि र पद्धतीमा आफूहरुको विश्वास रहेको दाबी पनि उहाँले गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्