
एजेन्सी, फागनु १६ । कुखुराको आक्रमणबाट मानिसको मृत्यु भयो भन्ने खबर सुन्दा पत्याउन गाह्रै हुन्छ । तर सत्य नै त्यही भएपछि नपत्याएर पनि भएन ।
घटना दक्षिण भारतको हो । जहाँ आफैले पालेको कुखुराले उसको मालिकको ज्यान लिएको छ । दक्षिण भारतको तेलगंना राज्यमा यो घटना भएको हो ।
मालिकको हत्या नै गर्नसमेत सक्ने कुखुरा भने सामान्यचाहिँ होइन । यो फाइटर (लडाकू) कुखुरा हो ।

दक्षिण भारतको तेलंगना राज्यको लोथुनरमा ककफाइट (भाले जुधाईं) का क्रममा यो घटना भएको बीबीसीले जनाएको छ ।
गैरकानूनी करार गरिएको ककफाइटमा संलग्न एउटा कुखुराको खुट्टामा लुकाएर राखिएको धारिलो ब्लेड (पत्ती) ले काट्दा कुखुरा मालिकको मृत्यु भएको खबरमा उल्लेख छ ।
कुखुराको खुट्टामा लुकाएर राखेको ब्लेडको आक्रमणबाट अर्काको कुखुरा घाइते भएर आफ्नोले खेल जितोस् भन्ने उद्देश्य राखेको भएपनि पछि उक्त भालेले मालिकलाई नै प्रहार गर्दा उनको मृत्युभएको हो ।

कुखुराको आक्रमणबाट सख्त घाइते भएका व्यक्तिलाई अस्पताल लैजाँदा गर्दा अत्यधिक रक्तश्रावका कारण बाटोमै मृत्यु भएको थियो । उक्त कुखुरालाई फार्ममा लैजानुअघि प्रहरी कार्यालयमा पनि लगिएको थियो ।
प्रतिष्पर्धाबाट भाग्न खाजेको भालेलाई जबरजस्ती जुधाउन लाग्दा रिसाएको कुखुराले आफ्नो खुट्टामा लुकाएर राखेको सात ईन्च लामो ब्लेडले प्रहार गर्दा मालिक सख्त घाइते भएको जनाइएको छ ।
गैरकानूनी मानिएको भाले जुधाईमा संलग्न हुने अरु १५ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरुमाथि हत्या, अवैध सट्टबाजी र गैरकानूनी भाले जुधाईंको आयोजना गरेको आरोप लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्