२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बझाङमा तेस्रो चरण खोपको तयारी तिब्र


0
Shares

बझाङ, फागुन १६ । बझाङमा पहिलो र दोस्रो चरणको कोभिड– १९ विरुद्धको खोप अभियान सफल भएसँगै तेस्रो चरणको खोप अभियानले तिब्रता पाएको छ ।

फागुन २३ गतेदेखि शुरु हुने तेस्रो चरणको कोभिड– १९ विरुद्धको खोपका लागि जिल्लाका १२ वटै पालिकाका स्वास्थ्य संयोजक, हेल्थ पोष्ट इञ्चार्जहरुलाई आइतबार एक दिने अभिमुखीकरण तथा सबै स्वास्थ्यकर्मीहरुलाई तालीम दिइएको छ ।

५५ वर्षभन्दा माथिका उमेर समुहका व्यक्तिहरुलाई तेस्रो चरणमा कोभिड– १९ विरुद्धको खोप लगाउने सरकारको तयारीअनुसार स्वास्थ्यकर्मीहरु लागिपरेको स्वास्थ्य कार्यालय बझाङका कार्यालय प्रमुख भानुभक्त जोशीले बताउनुभयो ।