१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


नेप्से करिब ८० अंकले घट्यो


0
Shares

काठमाडौं, फागुन १६ । शेयर बजार परिसूचक नेप्सेमा आइतबार भारी गिरावट आएको छ ।

बजार खुलेको दुई घण्टामा नेप्से परिसूचक ७९.९८ अंकले घटेको छ ।

व्यापार र होटल तथा पर्यटन उपसमूहबाहेकका सबै सूचक घटेका छन् ।

बिहीबार २५५४ अंकमा पुगेको नेप्से परिसूचक आइतबार कारोबार सुरु हुँदा ३.६६ अंकले बढेको थियो ।

त्यसपछि निरन्तर ६९ अंकले घटेको बजारमा बिस्तारै सुधार देखिन खोजेपनि सन्तोषजनक भने छैन ।

दिउँसो १ बजेसम्म दोस्रो बजारमा ५ अर्ब ५ करोड भन्दा धेरैको कारोबार भएको छ ।

घट्दो मूल्यमा अहिले पनि बजारमा नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) को शेयर कारोबार सबै भन्दा धेरै देखिएको छ ।

चन्द्रागिरी हिल्सको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा आधा दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्य ४ प्रतिशत भन्दा माथि घट्दो लेबलमा कारोबार भइरहेको छ ।

बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरु चिन्तित देखिएका छन् ।