
काठमाडौं, फागुन १६ । तीन दिनयता सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ ।
गत शुक्रबारको तुलनामा साताको पहिलो दिन सुन आइतबार तोलामा ५ सय रुपैयाँले घटेको छ ।
आइतबारका लागि कारोबार मूल्य प्रतितोला ८८ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार पनि सुन ५ सय रुपैयाँले घट्दा प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी मूल्यमा पनि सामान्य गिरावट आएको छ ।
गत शुक्रबारको तुलनामा १० रुपैयाँले घट्दा आइतबार चाँदीको मुल्य प्रतितोला १३ सय २५ रुपैयाँ निर्धारण भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १७३४ डलर र चाँदी २६ डलरमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्