
डीबी विष्ट (इमेज)
बझाङ, फागुन १६ । बझाङको सदरमुकामस्थित देवल विमानस्थलमा पुनः हवाइ उडान शुरु भएको छ ।
१० वर्षदेखि बन्द रहेको विमानस्थलमा फेरि उडान हुन थालेपछि स्थानीय खुशी भएका छन् ।
वि.स. २०३५ सालमा तत्कालिन नेपाल वायु सेवा निगमले बझाङको देवल विमान स्थलबाट साप्ताहिक उडान सुरु गरेको विमानस्थित वि.स.२०६५ सालमा बन्द भएको थियो ।
वि.स. २०६५ सालमा जिल्लाको सदरमुकाम चैनपुरसम्म यातायातका साधन पुग्न थालेपछि देवल विमानस्थल बन्द भएको थियो ।
त्यति बेलादेखि बन्द भएको विमानस्थल दश वर्ष पछि हाल हप्ताका दुई तिन दिन उडान भर्दै आएको छ ।
विमान स्थल संचालनपछि यहाँका बुढापाका, अपाङ्गता भएका ब्यक्ती, विरामीहरुलाई ठुलो राहात पुगेको स्थानियहरुले बताएका छन् ।
विमानस्थिल संञ्चालनमा नहुँदा विरामीहरुले ज्यान गुमाउने अवस्था रहँदै आएको थियो ।
बझाङबाट धनगढी आउन मात्र बसमा १२ घण्टा लाग्ने भएकाले स्थानियहरु अफ्टेरोमा परेका थिए ।
भने कतिपयले उपचार नै नपाएर जयान गुमाएका थिए ।
स्थिानियहरुले अव उडान बन्द नगर्नकालागि विमानस्थिलको राम्रो व्यवस्थापन गर्न माग गरका छन् ।
उडान भएपछि पर्यटन पर्यटन तथा गतीविधी समेत चलायमान पारेको पत्रकार तथा समाज सेवि बसन्तप्रताप सिहँको बताउनुभएको छ ।
अझ नियमीत उडान गर्न सके बझाङको आर्थिक गती विधी थप चलायमान हुने उहाँको भनाई रहेको छ ।
सिम्रीक एयरलाइन्सले मात्रै उठान भर्दै आएको भएपनि पछिल्लो समयमा सिता एयरलाइन्सले पनि परीक्षण उडान सफल गरेको छ ।
बर्षातको समयमा जिल्लाका विभिन्न ठाँउमा पहिरो गएर राजमार्ग अवरुद्ध हुने र धनगडि पुग्न पनि २ दिन लाग्ने गरेको भएपनि अब भने उठान नियमीत हुन सके निकै प्रभावकारी हुने देखीन्छ ।
प्रतिक्रिया दिनुहोस्