२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


साघुँरो भवनबाटै फराकिलो काम गर्दै लालिगुराँस नगरपालिका


13
Shares

प्रकाश लिम्बु (इमेज)
तेह्रथुम, फागुन १६ । केही स्थानीय तहहरुले गाउँको विकासमा भन्दा पनि जनप्रतिनिधि र कर्मचारी आवासमा करोडौं खर्च गरिरहेका हुन्छन् तर तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिकाले भने नागरिकको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

नगरपालिकाको भवन साँघुरो भए पनि जनप्रतिनिधि तथा कर्मचारीले नागरिकलाई सेवा दिँदै आएका छन् ।

स्थानीय तहहरु ठुलाठुला भवन निर्माण गर्ने होडमा छन् ।

गाउँको विकासभन्दा पनि जनप्रतिनिधि र कर्मचारी बस्ने भवन सजावटमा करोडौं खर्च गरिरहेका हुन्छन् ।

तर तेह्रथुमको लालिगुराँस नगरपालिकाले भने नागरिकको समस्यालाई पहिलो प्राथमिकतामा राखेको छ ।

खियै खिया लागेको जस्ताले जीर्ण बनेको भवनमै बसेर यहाँका जनप्रतिनिधी र कर्मचारीले सेवा दिँदै आएका छन् ।

साँघुरा कोठाहरु प्लाइउडले बारिएका छन् ।

कार्यपालिकाको बैठक बस्ने ठाउँसम्म छैन । तर पनि यहाँको विकासको काममा कमी भएको छैन ।

साँघुरो भवन भएका कारण सेवा लिन सकस हुने गरेको सेवाग्राही सुरेन्द्र कार्की बताउनुहुन्छ ।

यता बजेट नभएकै कारण भवन निमार्ण गर्न नसकिएको लालिगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङ बताउनु हुन्छ ।

संघीय र प्रदेश सरकार नेकपाको र स्थानीय सरकार काँग्रेसको भएका कारण भवन निमार्ण गर्न बजेट नपाएको जनप्रतिनिधीहरु बताउँछन् ।

भवन नहुँदा एउटै टेबलमा दुई /तीन जना बसेर सेवा दिनु पर्ने बाध्यता छ भने नागरिकलाई सेवा दिनसमेत समस्या भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निराजन श्रेष्ठ बताउनु हुन्छ ।

लालिगुराँस नगरपालिकाले नगरको विकासका लागि भौतिक पुर्वाधारका साथै शिक्षा, खानेपानी, पर्यटन, कृषि, पशुलगायतका क्षेत्रमा काम गरिरहेको छ ।

नागरिकको कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको नगरपालिकालाई थप उत्साही बनाउन संघीय तथा प्रदेश सरकारको ध्यान जान आवश्यक छ ।