१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘सम्पदा मास्ने भूत भगाऔँ, कमल पोखरी जोगाऔँ’


13
Shares

काठमाडौं फागुन १६ । ‘सम्पदा मास्ने भूत भगाऔँ, कमल पोखरी जोगाऔँ’ भन्दै अभियन्ताहरु र वृहत नागरिक आन्दोलनले आइतबार काठमाडौं महानगरपालिका घेराउ गरेका छन् ।

महानगरपालिकाको नेतृत्वलाई भूतको संज्ञा दिदै उनीहरुले धुप बालेर भूतलाई भगाउ भन्दै विरोद्ध प्रदशर्न गरेका हुन ।

ऐतिहासिक सिमसार कमलपोखरीमा कंक्रिटको कमल फुलाएर प्राकृतिक सम्पंदा नष्ट हुने गरि पुनर्निर्माण गरेकोमा विरोध हुदै आएको छ ।

त्यस्तै सर्वोच्च अदालतको आदेशविपरित बालाजु बाइपासमा सडक बिस्तारका लागि लिइएको जमिनमा सूचना केन्द्र बनाउन लागिएको विरोधमा स्थानीय, र अभियन्ताहरुले धर्नासमेत दिएका थिए ।

उनीहरुले शनिबार स्थानीय वासिन्दालाई घर भित्रै थुनेर प्रहरी परिचालन गरि बालाजुमा बाटो सम्याएको कामको विरोध गरेका छन् ।

उनीहरुले बालाजु प्रहरी वृत्तमा गएका व्यक्तिले मातृभाषा बोलेकै आधारमा पक्राउ गरको भन्दै विरोध गरेका थिए ।

उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय दबुकोले समेत विकासको नाममा प्रतिगमन भएको भन्दै महानगरपालिका घेराउ गरेको छ ।

यसैबीच आज बालाजुमा पक्राउ परेका स्थानीय र अभियन्ताहरुलाई तत्काल रिहा गर्नुपर्ने माग गदै केहीबेर कालिमाटी क्षेत्र बन्द समेत गरिएको थियो ।