
रोमन आचार्य (इमेज)
काठमाडौं, फागुन १६ । सत्तारुढ नेकपा औपचारिक रुपमा विभाजन नभएसम्म नेपाली कांग्रेसको भागमा सरकारको नेतृत्व आउने संभावना देखिदैन ।
अर्कोतर्फ संसदमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको पेश भइहाले पनि त्यो पारित भइहाल्छ भन्ने ग्यारेन्टी पनि छैन ।
यसैले नेपाली कांग्रेस तत्कालका लागि नेकपाको आधिकारीक विभाजनको पर्खाइमा छ ।
कांग्रेस सभापति शेरवहादुर देउवा सत्तासमिकरणको ‘चोचोमोचो’ मिलाउन नेकपाको आधिकारीक विभाजनको प्रतिक्षामा हुनुहुन्छ ।
नेकपाको औपचारिक विभाजन कठीन बन्दै गएको बेला देउवाको सत्ता चढ्ने पनि भर्याङ्ग कमजोर हुँदै गएको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ ।
यस्तै परिदृष्यहरुका कारण हुनसक्छ, देउवा पनि नेकपा भित्रको राजनीतिलाई नियालिरहुन भएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशशरण महतको भनाइले पनि कांग्रेसलाई सत्ता प्राप्ति सहज देखिदैन ।
राजनीतिक वृत्तमा पनि कांग्रेसलाई सत्ता प्राप्ति सहज नभएको विश्लेषण भइरहेको छ ।
राजनीतिक विश्लेषक राजेश गौतम त देउवाको चरित्र विश्वासयोग्य नभएको तर्क गर्नुहुन्छ ।
सत्ताको विषयलाई लिएर कांग्रेसले अपनाएको पर्ख र हेरको नीतिलाई कांग्रेसी वृत्तका मानिसहरुले स्वागत गरेका छन् ।
साथसाथै कांग्रेस अहिले नै सत्तामा जाने छिद्र खोज्नेतिर लाग्न नहुने आवाज पनि उठिरहेको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नै सांसद किनबेचको श्रृङ्खला शुरुभएको संकेत गरेकाले अबको राजनीति झनै फोहोरी बन्ने देखिदैछ ।
यस्तो अवस्थामा आफूलाई लालमोहोर लागेको लोकतान्त्रीक पार्टी भन्ने कांग्रेसले परिपक्वता देखाउनु जरुरी छ ।
नेकपा फुट्ला र भाग पाउला भनेर बस्नु भन्दा विश्लेषकहरुले भनेजस्तै जनतामाझ जाने र आफ्नो महाधिवेसनको तयारी गर्नु कांग्रेसका लागि हितकर हुने छ ।
प्रतिक्रिया दिनुहोस्