
अक्कल कुँवर (इमेज)
काठमाडौं, फागुन १६ । प्रतिनिधिसभा पुर्नस्थापनापछि पनि मुलुकको राजनीति सही ट्रयाकमा आउन सकेको छैन् ।
राजनीति सडकबाट संसद केन्द्रीत भए पनि सांसद किनबेचको गलत अभ्यासको पुनरावृत्ति हुने त होइन् भन्ने आशंका गरिँदैछ ।
यिनै आशंकाकाबीच सरकारकै एकजना प्रभावशाली मन्त्रीले संसद पुर्नस्थापना भएपनि सांसद किनबेचका घटना हुनसक्ने अभिव्यक्ति दिएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेसँगै सरकार परिर्वतनको चर्चा सुरु भएको छ ।
बदलिदो राजनीतिक परिस्थिति र संसदमा भएको गणितले संसदीय जोडघटाउ तिव्र हुने देखिएको छ ।
सरकारको निरन्तरता वा अर्को सरकार बनाउन आफु अनुकुल संख्या पुर्याउनको लागि सांसद किनबेच हुनसक्ने चर्चा र आशंकाकाबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शनिबार दिएको अभिव्यक्तिले थप आशंका बढाएको छ ।
वि.स. २०५२ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको संसद विघटन र त्यसपछि संसदमा भएको सांसद किनबेचको उदाहरण दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले अब पनि सांसद किनबेच हुनसक्ने आशंका व्यक्त गर्नुभएको हो ।
परराष्ट्रमन्त्री ज्ञवालीको अभिव्यसिक्तसंगै नेपालको संसदीय इतिहासमा कलंकको रुपमा रहेको संसदमा सांसद किनबेचको इतिहास पुनरावृत्ति हुने आशंकालाई थप मलजल गरेको छ ।
राजनीतिविज्ञहरुले सरकारका मन्त्रीबाट आएको अभिव्यक्ति र्दुभाग्यपूर्ण भएको टिप्पणी गरेका छन् ।
राजनीतिकविज्ञ लक्ष्मण प्रसाद घिमिरेले मन्त्रीपदका पर्लाभनदेखि टिकटदिने यो ठूलो समस्या छ । यसलाई जतिसुकै ढाकछोप गरेपनि छैन् भन्न सकिदैन् । तर सरकारमा भएका मन्त्रीलेनै सांसद किनबेचको प्रक्रिया सुरु भयो भन्नुहुन्छ यो र्दुभाग्यपूर्ण हो । सांसद किनबेच गर्न सक्ने भनेको सरकारमा बसेको व्यक्तिहरुबाट नै हो । तिनीसहरुसँग साम, दाम र दण्ड सबै हुने भएकाले सांसद किनबेचको बढी खतरा भएको राजनीतिकविज्ञ घिमिरे बताउनु हुन्छ ।
संसद पुर्नस्थापना पछि मुलुकको राजनीतिले सही ट्रायाक समात्ने आशा गरिएपछि परिस्थिति हेर्दा राजनीति झन् विकृतिमय बन्ने देखिएको छ ।
दलहरु आ–आफ्नो पल्लाभारी बनाउन साम, दामभेदको रणनीति लिन थालेका छन् ।
यसले मुलुकको राजनीति झन् तरल र बद्नाम हुने संकेत देखिएको छ ।
भिडियो : सानु माली
प्रतिक्रिया दिनुहोस्