
काठमाडौं, फागुन १६ । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्दै आएको खेलकुद पत्रकारिता पुरस्कार पत्रकार कमल खत्रीलाई प्रदान गरिएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले एक कार्यक्रम गरेर आइतबार खेल पत्रकार खत्रीलाई पुरस्कार प्रदान गरेको हो ।
खत्रीले नगद ५० हजारु रुपैयाँ सहित सम्मानपत्र हात पारेका छन् ।
यस्तै विभिन्न सञ्चार माध्ययमा खेलकुद पत्रकारिता गर्दै आएका आठ जना पत्रकारलाई २५ हजार राशीको प्रोत्साहन पुरस्कार पनि प्रदान गरेको छ ।
प्रदेश १ का हिमाल खरेल, प्रदेश–२ का रञ्जन कुमार भण्डारी, बागमती प्रदेशबाट अनिल मल्ल ठकुरी, लुम्बिनी प्रदेशबाट मुक्तिबाबु रेग्मी, गण्डकीबाट माधव प्रसाद अर्याल, कर्णाली प्रदेशबाट भूपेश उपाध्याय र सुदूर पश्चिमबाट सिताराम ओझालाई प्रोत्साहन पुरस्कार दिइएको हो ।
यस्तै मन्त्रालयले महिलातर्फ राससकी मुना कार्कीलाई पुरस्कार प्रदान गरेको छ ।
सबैलाई युवा तथा खेलकुद मन्त्री दावा लामाले पुरस्कृत गर्नभएको थियो ।
युवा तथा खेलकुद मन्त्रालयले प्रकाशित गरेको सूचनाको आधारमा आवेदन दिएका मध्येबाट मन्त्रालयले गठन गरेको सिफारिस समितिले गरेको सिफारिसको आधारमा पुरस्कार प्रदान गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्