१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘बी’ डिभिजन लिगमा सातदोबाटो र खुमलटारबीच टक्कर


0
Shares

काठमाडौं, फागुन १६ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा उपाधि भिडन्त रोमाञ्चक बन्दै गएको छ ।

उपाधिका लागि सातदोबाटो युथ क्लब र खुमलटार युथ क्लबबीच कडा टक्कर हुने देखिएको छ ।

आइतबार भएको खेलमा खुमलटार विजयी भएसँगै शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गरेको छ । खुमलटारले झम्सिखेल युथ क्लबलाई १/० ले हरायो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा खुमलटारलाई जिताउन महेश राईले निर्णायक गोल गरे ।

जितसँगै खुमलटारले ८ खेलमा १९ अंक जोडेको छ । शीर्ष स्थानको सातदोबाटोको ७ खेलमा १९ अंक रहेको छ ।

यता, ब्वाइज युनियन क्लबले चौथो जित हासिल गरेको छ । आजै भएको पहिलो खेलमा ब्वाइज युनियनले नयाँबस्ती युवा क्लबलाई ३/० ले हराउँदै चौथो जित निकालेको हो ।

मिलन लिम्बुले ह्याट्रिक गरे । जितसंगै ब्वाइज ८ खेलमा १४ अंकसहित लिगको चौथो स्थानमा रहेको छ ।

नयाँबस्ती ८ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा छ ।