१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राजस्व अनुसन्धान विभागले ३ वटा कम्पनीका सञ्चालक विरुद्ध मुद्दा दायर


0
Shares

काठमाडौं, फागुन १६ । राजस्व अनुसन्धान विभागले ४० करोड बिगो मागदाबी सहित विभिन्न फर्म तथा कम्पनी विरुद्ध मुद्दा दायर गरेको छ ।

विराटनगर महानगरपालिकाका बाबा फ्लोर मिल्स प्रा.लि., गोपाल फ्लोर मिल र विरगन्ज उपमहानगरपालीका स्थित रजनिश ट्रेड कन्सर्नले राजस्व चुहावट गरेको आरोपमा विभागले उच्च अदालत पाटनमा मुद्धा दायर गरेको हो ।

विभागले बाबा फ्लोर मिल्सका संचालक तथा गोपाल फ्लोर मिल प्रा. लि का कारोबारी सुरेश कुमार राठीसमेत ३ जनाविरुद्ध राजस्व चुहावट गरेको अभियोगमा १५ करोड ३६ लाख विगो असुल गरी जरिवाना र कैद सजाय मागदावी लिई मुद्दा दायर गरेको हो ।

यी सञ्चालकले भिसिटिएस पालना नगरेको, आम्दानी भन्दा विक्रि बढि देखाई राजस्व छली गरेको विभागले जनाएको छ ।

यस्तै विगरन्जको रजनीश ट्रेडिङ कन्सर्नका संचालक तथा प्रोप्राइटर रजनीश कुमार गुप्ता विरुद्ध पनि राजस्व चुहावट गरेको अभियोगमा २५ करोड ८० लाख विगो असुल गरी जरिवाना र कैद सजाय मागदावी सहित मुद्धा दायर गरेको विभागले जनाएको हो ।