
काठमाडौं, असार ३ । ठमेल क्षेत्रका घर धनी तथा पर्यटन व्यवसायीको घर भाडा समायोजनका लागि माग गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले बुधबार प्रेस विज्ञप्ति जारी गरी समायोजनका लागि आग्रह गरेको हो ।
कोरोनाका कारण होटल व्यवसायमा समस्या परेको भन्दै परिषदले घर भाडा समायोजनको माग गरेको हो ।
उपाध्यक्ष भविश्वर शर्माले निकालेको विज्ञप्तिमा पर्यटकीय क्षेत्र ठमेललाई विस्थापित हुनबाट जोगाउन सबै क्षेत्रको सहयोग जरुरी भएको उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्