१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


दश सेकेण्डको भिडियोका लागि ७७ करोड ! के छ खास ?


0
Shares

एजेन्सी, फागनु १८ । तपाईंको थोरै मेहनतले पनि कति बेला तपाईंको भाग्य चम्काइदिन्छ भन्न सकिन्न । त्यस्तै भएको छ, अमेरिकाको मियामीमा रहने एक कला संकलकले बनाएको एउटा दश सेकेण्डको कलात्मक भिडियो ।

६७ हजार डलर अर्थात् करिब ७९ लाख खर्चिएर बनाइएको उक्त भिडियो बेचेर उनले आफ्नो भाग्य चम्काएका हुन् । ६७ हजार डलर खर्चिएर बनाएको उनको भिडियो अहिले ६६ लाख डलर अर्थात् ७७ करोड (नेरु) भन्दा बढीमा बिक्री भएको हो ।

भिडियो बनाएका हुन् डिजिटल आर्टिस्ट बीपलले । खास नाम माइक विंकेलम्यान भएका उनले बनाएको भिडियो अर्थात् डिजिटल एसेटलाई नन–फन्जिबल टोकेन भनिन्छ । यो विशेषतः कोरोना भाइरसका समयमा खुबै प्रचलनमा आएको थियो ।

यस्तो भिडियो बनाउन लगानीको आवश्यकता पर्ने भएकाले कतिले लगानी गर्ने गर्दछन् र नन–फन्जिबल टोकेन डिजिटल प्लेटफर्ममा हुने हुँदा मन पराउनेले किन्न सक्छन् ।

यस भिडियो आर्ट कलेक्टर पाब्लो रोड्रिगेजले बिक्री गरेका हुन् । बीपलको कामबाट प्रभावित भएर शुरुमा आफूले उक्त भिडियो किनेको जानकारी उनले दिए ।

पाब्लोले बेचेको उक्त कालात्मक भिडियोमा अमेरिकी पूर्वराष्ट्रपति जमीनमा पछारिएका देखिन्छन् । उनको शरीरमा अनेकन टाटू हानिएको देखिन्छ । नारा कोरिएका छन् । त्यसमाथि ट्वीटरको चरा पनि बसेको देखिन्छ ।