
एजेन्सी, फागुन १८ । तत्कालीन सोभियत संघका अन्तिम राष्ट्रपति मिखायल गोर्बाचोभ ९० वर्ष पुग्नुभएको छ ।
तत्कालीन समयमा कायम विश्वको दुई धुरी मध्ये कम्युनिष्ट विचारधाराको नेतृत्व गर्ने सोभियत संघ गोर्बाचोभकै समयमा आएर पतन भएको थियो । गोर्बाचोभ तत्कालीन सोभियत कम्युनिष्ट पार्टीका महासचिव र राष्ट्रपति हुनुहुन्थ्यो ।
९० दशकको अन्तिम समयमा भएको सोभियत संघको पतनसँगै विश्वबाट अमेरिका र सोभियत संघबीच कायम शीत युद्ध पनि अत्य भएको थियो । सोभियतकालिन समयमा जिवित राष्ट्रपति गोर्बाचोभ मात्र हुनुहुन्छ ।
नब्बेऔं जन्मदिनका अवसरमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले ‘गोर्बाचोभ विश्व इतिहासको बाटोलाई नै प्रभावित पार्ने उत्कृष्ट राजनेता’ भएको भन्दै प्रशंसा गर्नुभएको छ । पुटिनले आकाशको चम्किलो तारा, असाधारण व्यक्ति र उत्कृष्ट राजनेता भन्दै घरेलु र विश्व राजनीतिको धार परिवर्तन गराउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभएको छ ।
गोर्बाचोभले आफ्ना पूर्ववर्तीभन्दा फरक धार समात्दै हतियार नियन्त्रण र प्रजातन्त्र उन्मुख सुधारको बाटो पक्रनुभएको थियो । उहाँका आलोचकहरु भने अमेरिकीहरुका अघिल्तिर घुँडा टेक्दै सोभियत संघलाई खण्डित बनाएको आरोप लगाउँछन् ।
प्रतिक्रिया दिनुहोस्