
काठमाडौं, फागनु १९ । सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो ।
दुबै पक्षले बैठकमा आ–आफ्नो विषय प्रवेश गराएका छन् । आज औपचारिक शुरुवात बाहेक अरु विषयमा छलफल नभएको बताइएको छ ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार आजको वार्ता सम्पन्न भएको र वार्ता सकारात्मक रहेको जानकारी दिनुभयो ।
वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई था विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा र केन्द्रीय सदस्य उदय चलाउने सहभागी हुनुहुन्थ्यो ।
सरकारले मंगलबार मात्र गृहमन्त्री थापाको संयोजकत्वमा वार्ता समिति बनाएपछि विप्लवले पनि विश्वकर्माको संयोजकत्वमा वार्ता समिति घोषणा गर्नुभएको थियो ।
सरकारसँग वार्ता गर्न विप्लव समूहको टोली मंगलबार नै काठमाडौँ आइपुगेको थियो ।
विभिन्न ध्वंसात्मक गतिविधिमा संलग्न रहेपछि सरकारले २०७५ फागुन २८ मा विप्लव समूहलाई प्रतिबन्ध लगाएका थियो ।
प्रतिक्रिया दिनुहोस्