३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


सुन चाँदीको मूल्यमा वृद्धि


0
Shares

काठमाडौं, फागुन १९ । मंगलबार तोलामा १ हजार ७ सय रुपैयाँले गिरावट आएको सुनको मूल्य बुधबार भने ५ सय रुपैयाँले बढेको छ ।

बुधबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ८७ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आएको सामान्य बढोत्तरीको असर नेपालमा पनि परेको महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य २५ रूपैयाँ बढेर प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।