
पोखरा, फागुन १९ । फेवातालको बाँध मर्मतका लागि पानीको सतह घटाएको समयमा फेवातालको छेउमा थुप्रिएको माटो निकाल्न सुरु गरिएको छ ।
गण्डकी प्रदेश वातावरण मन्त्रालयको संयोजनमा फेवातालको गाईघाटबाट माटो निकाल्ने काम सुरु गरिएको हो ।
निकालिएको माटोले ताल बाहिरका खाल्डाखुल्डी पुर्न प्रयोग गरिने गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले बताउनुभयो ।
फेवातालमा थुप्रिएको माटो १५ दिनभित्र निकाल्ने लक्ष्य रहेको फेवातालको माटो व्यवस्थापन समितिका संयोजक रामकाजी श्रेष्ठले बताउनुभयोे ।
फेवातालमा वर्षेनी १ लाख ४२ हजार घनमिटरभन्दा बढी माटो आएर मिसिने गरेको सरकारी तथ्याङ्क छ ।
प्रतिक्रिया दिनुहोस्